लायन्स क्लव मेट्रोसिटीको आश्रममा सहयोग

समाधान संवाददाता २०७९ कार्तिक २५ गते १५:४८

लेखनाथ ।
लायन्स क्लव अफ लेखनाथ मेट्रोसिटीले आफनो चौथो स्थापना दिवसको अवसर पारेर पोखरा २७ मा रहेको श्री कृष्ण प्रणामी बृद्धवन धाममा सहयोग गरेको छ । क्लवको वार्षिक कार्यक्रम अन्तरगत सुक्रवार आश्रममा रहेका बालबालिका तथा जेष्ठ नागरिकहरुका लागि भोजनको ब्यवस्था गरि सहभोजको आयोजना गरेको हो।

साथै क्लवले आश्रममा बासोवास गर्दै आएका १५ जना बालबालिकाहरुका लागि आवस्यक पर्ने खाद्यन्न समेत सहयोग गरेको थियो ।

क्लवका अध्यक्ष उत्तम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ३२५ आई का क्याविनेट सेक्रटरी हरिराज पन्त,क्लवका एड्भाईजर शैलेन्द्र मोहन भटराई,आश्रमका संरक्षक स्वामी विष्णु वसिष्ठ र लायन्स क्लव अफ सिमसारकी सस्थापक अध्यक्ष बसुधा भटराई लगाएतले लायन्स क्लवले सामाजिक क्षेत्रमा काम गरेर जनताको मन जित्न सक्नु पर्नेमा जोड दिएका थिए ।

Advertisement

क्लवका सस्थापक अध्यक्ष नरेन्द्रराज बरालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सचिव निसान श्रेष्ठले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया