देउसी भैलोबाट उठेको पैसाले डस्टबिन वितरण

समाधान संवाददाता २०७९ कार्तिक २५ गते १८:०८

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २९ का न्यु स्टार क्लबले देउसी भैलोबाट उठेको रकम सामाजिक सेवामा खर्चेको छ ।

क्लबले तिहारमा देउसी भौलोबाट उठेको रकम नयाँ बस्ती टोल विकास संस्थालाई वितरण गरेको हो ।

क्लबको अध्यक्ष जीवन तामाङका अनुसार पोखरा २९ लाई २१ वटा डस्टबिन वितरण गरेका छ । उनले देउसी भैलोबाट उठेको बाँकी रकम अन्य सामाजिक खर्च गर्ने जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया