भिर सोझिएको अर्थतन्त्रलाई रेमिटेन्सको टेको

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १३:०८

पोखरा ।
मैद्रिक र वित्तीय व्यवस्थापनतिर ध्यान नदिँदा श्रीलंका आज वैदेशिक ऋणको दलदलमा फसेको छ । श्रीलंकामा आर्थिक संकटले सामाजिक/राजनीतिक क्षेत्रमा केही महिनादेखि महँगी र मुद्रास्फीतिले स्थानीय बासिन्दालाई ठूलै क्षति दियो ।

लोडसेडिङसँगै पेट्रोल, डिजेल, ग्यास अभावले दैनिकी बिथोलिएको छ । आर्थिक संकटले सडक÷सामाजिक सञ्जालमा अर्थतन्त्रबारेको बहस छताछुल्ल छ ।

परदेशको पसिनाले देशको अर्थतन्त्रमा भीरमा जान लागेको ट्रकको टायरमा जसरी ओट (टेको) लगाइदिएको छ

Advertisement

पछिल्लो समय नेपालमा पनि महँगी र मुद्रास्फीतिमा आएको गिरावटले वैदेशिक ऋण बढिरहँदा श्रीलंकाको स्थितिमा पुग्न पुग्न सक्ने आकल भइरहेको छ । नेपाल श्रीलंका बन्ने खतरा रहेको आवाजहरु उठिरहेको छन् ।

तर, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा आप्रवासनविद् डा. गणेश गुरुङले नेपाल श्रीलंका बन्नबाट रोकिएको र परदेशको पसिनाका प्रतिफल स्वरुप नेपाल सजिलै श्रीलंका बन्न नसक्ने ठोकुवा गरे ।

Advertisement

गुरुङले नेपालमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिटेन्स भित्रिने र श्रीलंकाको त्रासदीबाट हामी डराउनु नपर्ने सुनाए । उनले वैदेशिक रोजगारको योगदान देशको अर्थतन्त्रमा २८ प्रतिशतसम्म रहेको सुनाए ।

पोखरामा शुक्रबार किताब पब्लिसर्सले गरेको अन्तक्र्रियामा ‘परदेशको पसिनाः कसरी लिने प्रतिफल ?’ विषयक अन्तक्रि्रयामा वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका र उनीहरुको समस्याका बारेमा बहस चल्लो । देशको अर्थतन्त्र धान्ने यति ठूलो परदेशको पसिनालाई बेवास्ता गर्न नहुने र यसमा सरोकारवालाले चासो नदिएको विषयमा अन्तक्र्रिया भयो ।

आप्रवासनविद् गुरुङले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिटेन्सले आजको अर्थतन्त्रमा धानिएको सुनाए । उनले परदेशको पसिनालाई व्यवस्थित गर्न सके अझै अर्थतन्त्रमा अझै सुधार ल्याउन सक्ने र त्यो आम्दानीलाई सही क्षेत्रमा उपभोग गर्न सके यसको प्रतिफल राम्रो आउने सुनाए ।

‘अझै हामीहरुले परदेशको पसिनालाई व्यवस्थित गर्न सकिएको छैन,’ उनले भने, ‘विदेश पुगेकालाई दुई वटा खाता अनिवार्य गर्ने र एउटामा घर खर्चे गर्ने र अर्कोमा लगानी गर्न सक्ने अवस्था सिर्जना गर्न सके देशको यसको प्रतिफल अझ उत्कृष्ट आउन सक्छ ।’

उनले परदेशको पसिनाले देशका अर्थतन्त्रमा भीरमा जान लागेको ट्रकलाई टायरमा ओट (टेको) लगाइदिएको सुनाए । कार्यक्रममा वक्ता पोखरा महानगर प्रमुख धनराज आचार्यले महानगरले बेरोजगारको संख्या संकलन गरिरहेको र विदेशबाट फर्किएकाको तथ्यांक वडास्तरबाट संकलन गर्न थालिएको सुनाए ।

उनले वैदेशिक रोजगारीबाट फर्किएकालाई पनि समेट्ने महानगरको योजना रहेको सुनाए । आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङले एउटा महिला विदेश गएर कमाएर छोराछोरी पढाउँछिन्, स्वास्थ्य उपचारमा गर्ने र घरयासी कामका लागि सहयोग गरेर एउटा सामाजिक उत्तरदायित्व समाजमा शिक्षित र स्वस्थ जनशक्ति उत्पादनमा भूमिका खेलेको सुनाइन् ।

कार्यक्रमका वक्ता वैदेशिक रोजगारीबाट फर्किएका भीम श्रेष्ठले आफू ८ वर्ष विदेश बसेर आइसकेको र त्यहाँको पीडा दर्दनाक सुनाए । ‘त्यहाँको पीडा कि त्यहाँ गएर भोग्नेलाई थाहा छ । कि तपाईंहरु जसरी सुनेर थाहा छ,’ उनले भने, ‘मञ्जदुर गर्न परदेश जान्छु सहज वातावरण बनाइदेऊ भन्दा राज्यले उपेक्षा गरेर रोजगारी शिर्जना गर्नको सट्टा त्यो वातावरण पनि बनाइदिन्न ।’

कार्यक्रममा कान्तिपुर दैनिकका प्रदेश ब्युरो प्रमुख जनकराज सापकोटाले होस्ट गरेका थिए । छलफलअघि गण्डकीका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षालाई प्राथमिकतामा राखेर नीति, ऐन, कानुन बन्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया