श्यामकाे प्रतिबद्धता- सुकुम्बासीका समस्या समाधान गर्छु 

समाधान संवाददाता २०७९ कार्तिक २७ गते २०:०७

कास्की क्षेत्र नम्बर  १ ख बाट गण्डकी प्रदेश सभा सदस्यका लागि उम्मेदवार वेदबहादु गुरूङ श्यामले सुकुम्बासीहरूका समस्या समाधान गर्ने प्रतिबद्धता बताएका छन् ।

उनले प्रदेश संसद भएपछि सुकुम्बासीका समस्या चित्त बुझ्दो तरिकाले नै समाधान गर्ने बताएका हुन् ।  आइतबार पाेखरा १४ मा घर दैलाे गर्दै उनले सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रूपमै ती समस्या समाधान गर्ने बतनएका हुन्  ।

Advertisement

उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने उल्लेख गरे । शनिवार घरदैलोमा पुगेका श्यामले आफूले जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी ल्याउने उनको भनाई छ ।

उनले गण्डकीमा पनि पृथ्वी सुव्बा नेतृत्वका सरकारले ३ वर्षमा जनताको पक्षमा र संघीयतालाई बलियो बनाउने आधार निर्माण गरेपनि गठबन्धन नेतृत्वले जनताको पक्षमा काम गर्न नसकेको बताए । ‘गठबन्धन सरकारले २ वटा बजेट ल्यायो । तर, अहिलेसम्म जनताले अनुभूति गर्न सक्ने कुनै पनि काम गर्न सकेको छैन । उल्टो हिजो एमाले नेतृत्वले सुरु गरेका कामका व्याज खाएको छ,’ उनले भने, ‘सरकार भनेको जनताको पक्षमा काम गर्न बन्छ । तर, यो सरकार कार्यकर्तालाई जागिर दिने र सत्तामा कसरी टिक्ने भन्दा अरु ध्यान छैन ।’

Advertisement

तपाईको प्रतिक्रिया