जलवायु परिवर्तनकाे असर न्यूनिकरण संम्बन्धि तालिम

समाधान संवाददाता २०७९ मंसिर २० गते १३:४०

पोखरा ।
जलवायु परिवर्तनले कृषिमा हुने समस्या न्यूनीकरण गर्ने सम्बन्धमा २ दिने तालिम भएको छ । माछापुच्छ्रे गाउँपालिका धितालमा हाम्रो प्रतिष्ठान, पोखरा र आमा नेपाल स्पेनको आयोजनामा तालिम भएको हो ।

जलवायु परिवर्तन सम्बन्धी जनचेतना फैलाउने, महिलालाई कृषिमा सशक्तिकरण गर्ने, विषादी युक्त बीउ बिजन प्रयोग गरी अर्गानिक सागपात उत्पादन गर्ने, गाउँ पर्यटनको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

तालिममा सहजकर्ताको रूपमा ली बोर्ड पोखराका इन्द्र पौडेल, पावर सिफ्ट काठमाण्डौका सागरीक भट्ट, अन्नपूर्ण इको भिलेजका वेदनिधि अधिकारी, नेपालीज युथ फर क्लाइमेट एक्शनका आशिष परियार, दिनेश भुसाल, अस्मिता गौतम, दिक्षा सुवेदीले थिए ।

Advertisement

तालिममा ६० जना महिलाको सहभागिता थियो । तालिमका संयोजक कविता थापा अधिकारीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्ने बताईन् । संरक्षण आमा समूहको अध्यक्ष सुनिता भुजेलले तालिमबाट सिकेको कुराले आयआर्जन सहयोग पुग्ने बताईन् ।

जनजागरण समूहका म्यानेजर लक्ष्मी ढुंगानाले मौसम र वातावरणले कृषिमा पर्ने असरको बारेमा जानकारी पाउँदा तालिम निकै फाइदाजनक रहेको बताईन् । जलवायु परिवर्तनले कृषि क्षेत्रमा परेको असरले कृषक चिन्तामा परेका छन्, उत्पादन भएका वस्तु पनि बजार सम्म पु¥याउन समस्या भएको तालिमका एक सहभागिले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया