मेलाको पिङ बन्द

समाधान संवाददाता २०७९ मंसिर २१ गते १०:४२

पोखरा ।
पोखरा प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा रोटेपिङबाट आइतबार युवती खसेर गम्भीर घाइते भएपछि पिङ बन्द गरिएको छ । पिङको डिब्बा अनियन्त्रित हुँदा ३ खसेका थिए ।

घाइतेमध्ये १ बालिका सामान्य उपचारपछि घर फर्किसकेकी छन् भने ती बालिकाकी आमाको उपचार भइरहेको छ । स्वास्थ्य गम्भीर भएकी २२ वर्षीया अस्मिता लिम्बुको गण्डकी मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले घाइतेको उपचारका लागि संघले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । ‘मेलामा राखिएको बाल उद्यान रोटेपिङबाट खस्दा गम्भीर घाइते हुन पुगेकी बहिनीको उपचारमा संघले कुनै कसर बाँकी राख्दैन ।

Advertisement

डाक्टर र परिवारसँग निरन्तर सम्पर्कमा छौं । यहाँ सम्भव नभए काठमाडौं लान पनि हामी तयार छौं,’ उनले भने । महोत्सवमा गरिएको बिमामार्फत नै घाइतेको उपचार भइरहेको आचार्यले सुनाए ।

भूल सुधार
समाधान दैनिकको हिजो प्रकाशित अंकमा ‘पिङबाट खस्दा..’ शीर्षक समाचारमा टिकटक बनाउन लाग्दा भन्ने वाक्य असावधानीबस पर्न गएको र जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार टिकटक बनाउन लागेको भन्ने कुरा प्रमाणित नभएको हुँदा क्षमा याचनासहित भूल सुधार गरेका छौं ।
—सम्पादक

Advertisement

तपाईको प्रतिक्रिया