बलिउड अभिनेता विवेक ओबरोय पोखराको सराङकोट माउण्टेन लजमा (भिडिओ सहित)

समाधान संवाददाता २०७९ पुष १ गते १८:४९

पोखरा ।
बलिउड अभिनेता विवक ओबरोयल शुक्रबार पोखरा आइपुगेका छन् । नेपालमा सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी घुम्ने उद्देश्यले आएका उनको परिवार पोखरा स्थित सराङकोटको माउण्टेन लज आइपुगेका हुन् । विवेक ११ सदस्यीय टोली सहित पोखरा आएका हुन् ।


माउण्टेन लजमा ओबरोयलकाे परिवार १ साता रहने बुझिएको छ । परिवारसहित नेपाल घुम्न आएका अभिनेता ओबरोयले बुधबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय चन्द्रागिरी पनि गइसकेका छन् ।


पोखराको सराङकोटमा सञ्चालनमा आएको माउण्टेन लजमा टप सुइमिङ पुल सहित सेवासुविधा छन् ।
माउण्टेन लजमा अभिनेता विवेकको परिवारलाई सम्मान गरिएको थियो । त्यहाँ उनी नाचेका थिए ।

Advertisement


पोखराको मुख्य बजारदेखि करिब साँढे १३ किलोमिटर टाढा रहेको उक्त लजको चार तले भवनको माथिल्लो मागबाट माछपुच्छ«े, अन्नपूर्ण सहितको हिमश्रृखला देख्न सकिन्छ । लजबाट पोखरा आसपाससहित एक दर्जन हिमाल, हेमजा फाँट बजार, हरियो वनजंगल, पोखरा, फेवाताल लगायतको दृश्य अवलोकन सकिन्छ ।

भिडिओ हेर्न तलको क्लिक गर्नुहोस्

Advertisement

https://www.facebook.com/samadhannewsmedia/videos/1103893086894919

तपाईको प्रतिक्रिया