शान्ति उदयमा भेला

समाधान संवाददाता २०७९ पुष ५ गते १२:२५

पोखरा ।
शान्ति उदय मावि बरपाण्डे थुम कास्कीमा प्राविधिक शिक्षा सञ्चालनबारे छलफल भएको छ । व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्यको अधयक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, पूर्व विद्यार्थी डा. रामचन्द्र पोख्रेल, उमेशकुमार आचार्य, पोखरा महानगरपालिका शिक्षा शाखाका सोमनाथ भण्डारी, पूर्व विद्यार्थी एवं पाइलट मदन केसी, प्रधानाध्यापक टेकनारायण गिरी, शिक्षक वेदनाथ आचार्य लगायतले बोलेका थिए ।

सोही समारोहमा पूर्व विद्यार्थी मञ्च पुनर्गठन भएको छ । मञ्चको अध्यक्षमा मोती भुजेल, उपाध्यक्ष विष्णुहरि पौडेल, सचिव वसन्तराज लम्साल, सहसचिव टंककराज आचार्य र कोषाध्यक्षमा शकुन्तला आचार्य छन् ।

Advertisement

सदस्यमा सजना ढुंगाना आचार्य, ऋषेश्वर भुवाई (ऋतु), शिवराज प्रतेल, उमेश भुवाई, सोमबहादुर गुरुङ, सुरेश आचार्य, नरमाया गुरुङ, तुलबहादुर कार्की (राजु) चयन भएका छन् । शिवराज आचार्यको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया