संगम माविको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ पुष ६ गते १३:१२

पोखरा ।
अन्नपूर्ण गाउँपालिका ६ चन्द्रकोट स्थित संगम माध्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सोमबार आयोजना गरेको छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालयका हरेक शिक्षक, कर्मचारीले इमान्दार एवं कर्तव्यनिष्ठ भई आफ्नो जिम्मेवारी निर्वाह गरेमा गुणात्मक शिक्षाको विकास सम्भव हुने बताए ।

उनले विद्यालयको शैक्षिक उन्नयनका निम्ति विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन समिति सबै पक्ष उत्तिकै जिम्मेवार भई लाग्नुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन गुरुङको अध्यक्षतामा भएको समारोहमा प्रधानाध्यापक टेकनाथ पोखरेलले विद्यालयको वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरे । उनले विभिन्न शैक्षिक एवं भौतिक गतिविधिका बारेमा समेत जानकारी गराए ।

Advertisement

अन्नपूर्ण ६ का वडाध्यक्ष एकदेव देवकोटा र वडा नं. ७ का अध्यक्ष भरतमान गुरुङले हाल ग्रामीण भेगका अधिकांश सामुदयिक विद्यालयमा न्यून विद्यार्थी रहेको बताए ।

पूर्व विद्यार्थी मञ्च संगम माविका कोषाध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति सदस्य आशबहादुर गुरुङले विद्यालयको शैक्षिक स्तर उकास्नका लागि शिक्षक, अभिभावक र विद्यार्थीले जिम्मेवारी बोध गर्नुपर्ने आवश्यकता औंल्याए ।

Advertisement

कार्यक्रममा विद्यालयका विज्ञान शिक्षक रीता खनाल देवकोटा, सिद्ध आधारभूत विद्यालय लुम्लेका शिक्षक नारायणप्रसाद देवकोटा र जिल्ला समन्वय समिति कास्की सदस्य गणेश जिसी, सहायक प्रधानाध्यापक प्रेमप्रसाद चपाई लगायतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया