पुलिसको हात भच्ने थापालाई ४ हजार जरिवाना, थुनामुक्त

समाधान संवाददाता २०७९ माघ १६ गते १८:२९

पोखरा ।
प्रहरीको हात भाँचिदिएको आरोपमा पक्राउ परेका पोखराका अटो मोबाइल व्यवसायी सौरभ थापा ४ हजार जरिवाना तिरेर रिहा भएका छन् । चेकिङमा रहेका प्रहरीलाई हात भाँचिदिएको (अभद्र व्यवहार गरेको) आरोपमा शुक्रबार पक्राउ परेका व्यवसायी थापा ४ हजार जरिवाना तिरेर रिहा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।


प्रजिअ केसीको इजलासले थापालाई ४ हजार जरिवाना र फैसला गरेको हो । उनले सोमबारनै जिल्ला प्रशासन कार्यालयलाई जरिवाना बुझाएसँगै थुनामुक्त भएका हुन् । फौजदारी देवानी संहिता ऐन २०७४ अनुसार उनलाई जरिवाना गरिएको प्रजिअ केसीले बताए । पश्चिमाञ्चल डिलर्स एसोसिएसनका सदस्य २५ वर्षीय थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल नाडा अध्यक्ष ध्रुव थापाका छोरा हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया