वडास्तरीय भलिबलमा ८ खेल

समाधान संवाददाता २०७९ माघ १७ गते १०:५८

पोखरा ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

Advertisement

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे ।

प्रमुख आचार्यले खेलाडीको क्षमता अभिवृद्धिसहित थप अवसर सृजना गर्न बेलाबखत प्रतियोगिता भइरहनुपर्ने बताए । खेलकुदले अनुशासित नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रमुख आचार्यले व्यक्त गरे ।

पहिलो दिन सोमबार पुरुषतर्फका ८ खेल भए । जसमा पोखरा २३ ले पोखरा–१५, पोखरा–२४ ले पोखरा–१४, पोखरा–१६ ले पोखरा–७, पोखरा–१८ ले पोखरा–३१ लाई सोझो सेटमा, पोखरा–२० ले पोखरा–१९ लाई, पोखरा–२१ ले पोखरा–३३ लाई, पोखरा–३२ ले पोखरा–२२ लाई, पोखरा–२५ ले पोखरा–२८ लाई २–१ को सेटमा पराजित गरे ।

खेल जितेको पोखरा २५ को टिमलाई प्रोटेस्ट परेपछि पोखरा २८ स्वतः क्वाटर फाइनल प्रवेश गरेको छ ।
क्वाटरफाइनल र सेमिफाइनलका खेल मंगलबार हुने छन् ।

Advertisement

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फका फाइनल बुधबार दिउँसो हुनेछन् । प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिमको सहभागिता छ । यस प्रतियोगितामार्फत उत्कृष्ट टिम घोषणा गरिनेछ जसले पछि हुने अन्तर नगरपालिका भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाको तर्फबाट सहभागिता जनाउनेछ ।

तपाईको प्रतिक्रिया