पृथ्वीनारायण क्याम्पसकाे गणित विभाग प्रमुखमा डा. ईश्वरमणि

समाधान संवाददाता २०७९ माघ १७ गते ११:३६

पोखरा ।
पृथ्वीनारायण क्याम्पस पोखराको गणित विभाग प्रमुखमा सहप्राध्यापक डाक्टर ईश्वरमणि अधिकारी नियुक्त भएका छन् ।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट विपत्तिकालीन उद्धारमा मानिसलाई सकेसम्म छिटो उद्धार कसरी गर्न सकिन्छ भन्नेबारे म्याथमेटिकल डिस्कसनमा विद्यावारिधि गरेका छन् ।

उनी ३ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । २०५४ बाट पृथ्वीनारायण क्याम्पसमा पार्टटाइम प्राध्यापन थालेका अधिकारी २०५७ मा करारमा नियुक्त भएका थिए । २०६४ मा उपप्राध्यापकमा नाम निकालेका उनी २०७८ सहप्राध्यापकमा बढुवा भएका हुन् ।

Advertisement

पोखरेली युवा सांस्कृतिक प्रतिष्ठानका पूर्व अध्यक्ष अधिकारी कविता, गजल, मुक्तक, समीक्षा जस्ता विधामा कलम चलाउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया