भण्डारीकाे अध्यक्षतामा महिला पर्यटन व्यवसायी मञ्चको नयाँ कार्यसमिति चयन

समाधान संवाददाता २०७९ माघ २६ गते १९:३८

पोखरा
महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा उमा रेग्मी भण्डारी चयन भएकी छन् । मञ्चको बिहीबार भएको पाचौं साधारण सभा तथा तेस्रो अधिवेशनले भण्डारीको अध्यक्षता नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

जसको उपाध्यक्षमा ममता न्यौपाने, महासचिवमा लक्ष्मी लामिछाने, सचिवमा बालकुमारी न्यौपाने (शर्मिला), कोषाध्यक्षमा शारदा भुजेल, सहकोषाध्यक्षमा रीता रेग्मी पौडेल चयन भएका छन् ।

मञ्चको सदस्यहरुमा कान्ती अधिकारी, माया सुबेदी, भावना रानाभाट, शुसिला भण्डारी, लक्ष्मीदेवी तिमिल्सिना, मञ्जुकुमारी शर्मा भट्टराई, मञ्जु काफ्ले, सरीता शर्मा, विष्णुमाया शर्मा सुबेदी र विकल्प बोगटी चयन भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया