पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा प्रकाश क्षेत्रीलाई १ लाख राशिको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

समाधान संवाददाता २०७९ फागुन १५ गते १२:३५

पाेखरा ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. प्रकाश क्षेत्री उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा डा. क्षेत्रीलाई उत्कृष्ट कार्यसम्पादन गरेवापत उत्कृष्ट १ लाख राशिको पुरस्कारबाट सम्मान गरेको हो ।

नारायणी अस्पातलकी अन्जना श्रेष्ठ, कोशी अस्पतालका गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. मुन कर्ण थापा र उपचारात्मक सेवा महाशाखाका डा. पेमावती थापा पनि स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । स्वास्थ्य सेवा पुरस्कारको राशि ५०—५० हजार रुपैयाँ रहेको छ ।

Advertisement

स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गतेलाई स्वास्थ्य सेवा दिवसका रुपमा मनाइदैं आएको छ । स्वास्थ्य सेवा दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सम्मानित गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया