मर्स्याङ्दीमा बेपत्ता घिमिरेको शव फेला

समाधान संवाददाता २०७९ फागुन १६ गते १५:४८

पोखरा ।
मर्स्याङ्दी नदीमा चार दिनदेखि बेपत्ता भएका तनहुँका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । गत शुक्रबार दिउँसोदेखि बेपत्ता ३६ वर्षीय घिमिरेको स्कुटर नदी किनारमा फेला परेपछि उनी नदीमा हराएको आशंका गरिएको थियो । घिमिरे स्कुटरमा आँबुखैरेनी पावरहाउस डम्पिङ साइड झोलुंगे पुलसम्म गएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुंगे पुल मुनि पानिभित्र फेला पारी बाहिर निकालेको हो । उनको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया