नगर विकास काेषकाे सञ्चालक समितिमा कार्की

समाधान संवाददाता २०७९ फागुन १७ गते १३:३८

पाेखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हिक्मतजंग कार्की शहरी विकास मन्त्रालय अन्तरगतकाे नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनाेनित भएका छन् । नेपाल सरकार शहरी विकास मन्त्रालयको मन्त्रीस्तर निर्णयबाट कार्की नगर विकास कोषको सञ्चालक समितिमा नियुक्त भएका हुन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका स्थायी घर भएका कार्कीकाे पाेखरामा पनि बसाेबास छ । युवा व्यवसायी भएर पनि राजनैतिक एवं सामाजिक कार्यमा सकृय कार्कीलाई दुई वर्षका लागि नगर विकास कोषको सञ्चालक समितिमा नियुक्ति दिइएको हो ।

Advertisement

नगर विकास कोषको सदस्य नियुक्तसँग कार्कीले नगरहरुको विकासका लागि कोषको लक्ष्य पुरा गर्न योगदान दिने बताए। याे बाेर्डकाे सदस्यमा पाेखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य पनि सदस्य छन् ।

नगर विकास बाेर्डकाे सदस्यमा नियुक्त भएका कार्की अहिले बेलायतस्थित युनिभरर्सिटी अफ इट लण्डनबाट अन्तराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्दैछन् । सन् २०२२ को जुन २६ देखि ३० सम्म पोल्याण्डमा सम्पन्न  UN Habitat को आयोजनामा विश्व शहरी फोरममा नेपालको तर्फबाट सहभागी कार्कीसँग नयाँ शहर निर्माणमा अन्तराष्ट्रिय अनुभव समेत रहेको छ ।

Advertisement

शहरी विकास मन्त्रालय अन्र्तगत रहेको कोषले ठुला तथा साना सहरको विकासलगायतको क्षेत्रमा काम गर्ने गरेको छ । नगर विकास कोष सञ्चालक समितिको अध्यक्षमा शहरी विकास मन्त्रालयको सचिव रहने व्यवस्था छ ।

नगर विकास कोषमा अध्यक्षसहित १६ जना सदस्यको बोर्ड रहने गर्दछ । शहरी विकास मन्त्रालयका सचिव अध्यक्ष रहने बोर्डमा सात प्रदेशका नगर प्रमुख वा उपप्रमुख गरी प्रत्येक प्रदेशबाट एकएक जना गरी ७ जना, शहरी विकास मन्त्रालयको तर्फबाट ३ जना सदस्य रहने व्यवस्था छ ।

त्यस्तै संघिय मामिला मन्त्रालयबाट १ सहसचिव, अर्थमन्त्रालयबाट १ सहसचिव र २ जना बोर्डले नियुक्त गर्ने विज्ञ रहने व्यवस्था रहेको छ । बोर्डको सदस्य सचिव कार्यकारी निर्देशक रहने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया