मेलाको तयारीमा एक्सपर्ट एडुकेसन

समाधान संवाददाता २०७९ फागुन २८ गते २०:५३

पोखरा ।


विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श दिने भएको छ । पोखराको एक्सपर्ट एडुकेसन एन्ड भिजा सर्भिसेजले मार्च १६ अर्थात् चैत २ गते ‘एक्सपर्ट एडिम्सन डे २०२३’ आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।


कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले प्रत्यक्ष रुपमा संवाद गर्ने एक्सपर्ट पोखराकी एकेडेमी डाइरेक्टर सली देवानले बताए । विद्यार्थीलाई परामर्श दिन सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको एकेडेमी डाइरेक्टर देवानको भनाइ छ ।

Advertisement


‘विगत २ वर्षमा कोरोनाले सिर्जित प्रतिबन्धका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रम आयोजना गर्न सम्भव भएन । सो समयमा भर्चुअल माध्यमबाट विद्यार्थीलाई परामर्श दिइयो । अहिले प्रत्यक्ष रुपमा नै आयोजना गर्न लागेका हौं,’ उनले भने ।


बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिद्धार्थचोक स्थित एक्सपर्ट एडुकेसन एन्ड भिसा सर्भिसेजको कार्यालयमा हुने एक्सपर्ट एडिम्सन डेमा सहभागीलाई फुड भौचर, मुभी भौचरको सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराए । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आयल्स, पिटिई क्लासमा समेत छुट दिइनेछ ।

Advertisement


उनले एक्सपर्टले २ दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएकाले विदेश अध्ययनका लागि एक्सपर्ट रोजाइमा पर्ने गरेको उल्लेख गरे । एक्सपर्टले नेपालका प्रमुख १६ सहरमा शाखा चलाएको छ । विश्वका १९ देशका ५० भन्दा बढी सहरमा समेत एक्सपर्टले सेवा दिइरहेको छ ।


वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई विश्वसनीय जानकारी प्रदान गर्ने उद्देश्यले एक्सपर्टले यस वर्ष पनि धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्सपर्ट एडिम्सन डे आयोजना गर्ने एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णुप्रसाद गौतमले बताए ।

तपाईको प्रतिक्रिया