पाेखरा उच्च अदालत बार एसोसिएसनका पदाधिकारीको पदस्थापन

पोखरा ।
पोखरा उच्च अदालत बार एसोसिएसनको अध्यक्षमा विष्णुप्रसाद शर्मा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन भएको छ । उनीहरुलाई नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको उपस्थितीमा पदस्थापन गराइएको हो ।
फागुन २५ भएको अधिवेशनमा सबै पदहरुमा एकल उम्मेदवारी परेपछि सबै निर्विरोध भएका थिए । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्त दामोदर अधिकारीले सबै पदमा एकल उम्मेदवारी परेको भन्दै परिणाम घोषणा गरिएको बताए ।
गत विगत वर्षहरुमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को एकलौटी समिति हुने गरेकामा यसवर्ष भने सहमतिबाट गरिएको छ । उपाध्यक्षमा गिरधारी सुवेदी, सचिवमा दुर्गेशराज पन्त, सहसचिवमा भुवन पराजुली काफ्ले र कोषाध्यक्षमा अनन्तप्रसाद कोइराला निर्वाचित भएका थिए । सदस्यमा मनोज घर्तीमगर, दिलबहादुर बस्नेत, अञ्जना बराल सुवेदी, ललिता रिमाल, गंगाप्रसाद सुवेदी, डण्डपाणि सुवेदी, धनबहादुर रानाभाट र महिला सदस्यमा सुजता ढकाल निर्वाचित भए । उच्च बार पोखरामा ४ सय ४४ जना सदस्य कायम छन् ।
पदस्थापन पछि नवनिर्वाचित अध्यक्ष शर्माले पुराना कार्यसमितिले भौतिक पूर्वाधारको काम गरिसकेकाले अब लाईब्रेररी बनाउन पहल गर्ने बताए । नेपाल बार काउन्सिलले सर्टिफिकेट बाड्ने तर कसरी व्यावसाय चलाएको छ भनेर नहेर्ने प्रवृत्ति अन्त्य गर्न लाग्ने बताए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया