सिपिए तालिम सम्पन्न

समाधान संवाददाता २०८० वैशाख ११ गते १३:०८

पोखरा ।
नेपाल अडिटर्स एशोसिएसन (अडान) को आयोजनामा ३ दिने सिपिए तालिम भएको छ । वैशाख ८ गतेदेखि १० गतेसम्म भएको तालिममा चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका ११६ जना सदस्यको सहभागिता थियो ।

तालिममा अडान कास्कीका अध्यक्ष कमलबहादुर रेग्मी, केन्द्रीय उपाध्यक्ष बिलबहादुर भुजेल, गण्डकी प्रदेशका अध्यक्ष पदम बन्धु पोखरेल, आइक्यान पार्सद केशबहादुर केसी, अडान कास्कीका सचिव गुणानिधि पाण्डे लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया