कलासंस्कृति

मुस्ताङको ठिनीमा एक हप्ते ’ढोङ्टी’ बाजा प्रशिक्षण हुँदै

हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ,गुरुङ,,शेर्पा र थकाली समुदायले बजाउँने यो बाजा पछिल्लो समय लोपोन्मुख अवस्थामा छ ।

सुन्दरकुमार थकाली २०८० वैशाख २२ गते ८:३५

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—५ ठिनी गाउँमा स्थानीय युवायुवतीहरुलाई बुधबारदेखि एक हप्ते लोपोन्मुख ‘ढोङ्टी’ बाजाको प्रशिक्षण दिन थालिएको छ । हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ,गुरुङ,,शेर्पा र थकाली समुदायले बजाउँने यो बाजा पछिल्लो समय लोपोन्मुख अवस्थामा छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आर्थिक सहयोग र स्थानीय जनमुक्ति युवाक्लव ठिनीको समन्वयमा करिव दुई दर्जन बढी युवायुवतीलाई ‘ढोङ्टी’ बाजाको तालिम दिईएको हो ।
अक्सर हिमाली जिल्लाहरुमा बजाईने यसप्रकारको बाजालाई समुदाय अनुसार फरक फरक नामले बुझ्ने गरिन्छ । तामाङ समुदायले यो बाजालाई ‘तुङ्ना भन्छन भने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र लोछोदिन समुदायले यो बाजालाई ‘ढम्टिङ भन्ने गर्छन् । मुस्ताङका थकाली समुदायले यो तुङ्ना बाजालाई ‘ढोङ्टी ’भन्ने गरिन्छ । हिमाली लोपोन्मुख बाजा पछिल्लो समय आधुनिक बाजा प्रयोग हुन थालेपछि ओझेलमा पर्न थालेको हो ।

थकाली समुदायको लोपोन्मुख यसप्रकारको ‘ढोङ्टी बाजा हिमाली जिल्लाहरुमा विवाह ,ब्रतबन्ध र विशेष सास्कृतिक कार्यक्रममा बजाईने गरिन्थ्यो । तर, सदियौदेखि विशेष कार्यक्रममा बजाईने ‘ढोङ्टी’ बाजा पुस्तान्तरण हुन नसकेका कारण पनि लोपोन्मुख अवस्थामा रहेको बताईन्छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले लोपोन्मुख अवस्थामा रहेका बाद्यबाधक बाजाहरुको संरक्षण ,संम्वद्धन र पुस्थान्तरका लागि गण्डकी ४ स्थानमा विभिन्न बाद्यबाधक तालिम तथा प्रशिक्षण एकैसाथ संञ्चालन गरेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार प्रज्ञा प्रतिष्ठान गण्डकीले मुस्ताङका थकाली समुदायका लागि ‘ढोङ्टी’,पोखरा लेखनाथमा नेवार समुदायका लागि ‘धिमे बाजा,कास्कीको बाटुलेचौरमा गन्धर्व समुदायका लागि ‘सारङ्गी,पोखरा नदीपुरमा जलारी समुदायका लागि ‘बाँसुरी’बाजा र पोखराको माटेपानीमा तामाङ समुदायका लागि ‘तुङ्ना’बाजा’बाजा बजाउने तालिमको प्रशिक्षण दिर्इृदै छ ।
प्रतिष्ठान गण्डकीका सदस्य सचिव श्रैष्ठले लोपोन्मुख अवस्थामा रहेको बाजा संरक्षण तथा पुस्तान्तरणका लागि प्रशिक्षकको पारिश्रमिक,प्रशिक्षार्थी खाजा खर्च र प्रमाणपत्रको व्यवस्था गरेको बताए । प्रतिष्ठानले साहित्य,कला संगित र संस्कृति समुत्थानका लागि सृजनात्मक कार्यहरु गर्दैआईरहेको सदस्य सचिव श्रैष्ठको भनाई छ । उनले मुस्ताङमा ढोङ्टी’बाजा सदिंयौदेखि प्रचलनमा रहेको र यसको संरक्षण गर्न प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको उल्लेख गरे ।
मुस्ताङको ठिनी जनमुक्ति युवा क्लवका अध्यक्ष संञ्जय थकालीले परम्परागत लोपोन्मुख बाजाले संस्कृति संरक्षणमा योगदान पुग्ने बताए । उनले प्रतिष्ठानसंग समन्वय गरेर क्लवले स्थानीय युवायुवतीलाई ‘ढोङ्टी’बाजा सिक्ने पाउँने अवसर प्रदान गरेको उल्लेख गरे ।
थकाली ‘ढोङ्टी’ बाजा तालिम प्रशिक्षणका व्यवस्थापक एवं संगितकर्मी अशोक राईले लोपोन्मुख बाजाको ईतिहाँस र यसको सुरुवात कहिलेबाट भयो र यसको महत्व संस्कृतिका लागि कति महत्वपूर्ण छ भन्ने ऐतिहाँसिक पृष्ठभुमीको बारेमा समेत जानकारी दिईने बताए । उनले थकाली मौलिक गीतहरुलाई स्वरमा ढोङ्टीमा लीपीवद्ध गरी संगित सिकाउने उद्देश्य रहेको जनाए ।
थकाली ईतिहाँस अनुसार ढा्ेङको अर्थ वन र टीको अर्थ बस्नु भन्ने बुझिन्छ ।परापुर्व कालमा वनमा भेडा÷च्यांग्रा चराउन जाँदा र उच्चलेंक र जंगलको गोठमा दुख,पीडाँ र मनोरञ्जनका लागि ‘ढोङ्टी’ बाजा बजाउने चलन रहेको ठिनी गाउँकी प्रशिक्षार्थी मनिता थकालीले बताईन् । उनले मुस्ताङको ठिनी गाउँमा ढोङ्टी तालिम आयोजना हुन गर्वको कुरा भएको र तालिमले परम्परागत संस्कृतिलाई संरक्षण र पुस्तान्तरणमा योगदान पुग्ने उल्लेख गरिन् ।

मुस्ताङमा गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘ढोङ्टी’तालिमका लागि प्रशिक्षकको रुपमा छेवाङ रिन्जिङ लामालाई खटाएको हो भने व्यवस्थापकीय जिम्मा अशोक राईलाई दिईएको हो । परम्परागत बाजा बजाउँने सैद्धान्तिक र प्रयोगात्मक तालिम दिईएको बताईएको छ । तालिमले ठिनी थकाली समुदायको होमस्टेलाई सस्कृति संरक्षणका अलावा आर्यआर्जनको ढोका समेत खुल्ने विश्वाश व्यक्त गरिएको छ ।

Advertisement

फोटो ः मुस्ताङको ठिनी गाउँमा लोपोन्मुख ‘’ढोङ्टी’बाजा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी । तस्विर ःसुन्दरकुमार थकाली

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया