रुप्से झरना हेर्दा चिप्लिएर मृत्यु

समाधान संवाददाता २०८० वैशाख २४ गते १०:४०

म्याग्दी ।
अन्नपूर्ण गाउँपालिका ३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका १ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुंगाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याइएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Advertisement

रुप्से झरना हेर्ने क्रममा भण्डारी टेकेको ढुंगाबाट चिप्लिएर खसेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया