प्रगतिशील वन प्राविधिक संघमा रक्मागत

समाधान संवाददाता २०८० वैशाख २४ गते ११:१८

पोखरा ।
प्रगतिशील वन प्राविधिक संघ गण्डकी प्रदेश अधिवेशनले रुक्मागत सुवेदीको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय समिति चुनेको छ ।

उपाध्यक्षमा प्रविण पौडेल, महिला उपाध्यक्षअंशु ढकाल, सचिव राजेश पोखरेल, उपसचिवमा हरिवंश न्यौपाने, सुधा ढुंगाना र कोषध्यक्षमा शंकर पुरी छन् ।

सदस्यमा टेकबहादुर बरुवाल, सन्तोष पोखरेल, सन्तोष खराल, चन्द्रमा खड्का, राजेश पौडेल, शालिग्राम पराजुली, सृष्टि पुडासैनी, करुणा कार्की, झलका रसाइली लगायत छन् ।

Advertisement

अधिवेशनले वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको पठनपाठनलाई आधुनिक, प्रविधिमैत्री र समयानुकूल बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने र प्रदेशमा मध्यम तहका वन प्राविधिक कर्मचारी उत्पादनका लागि डिप्लोमा इन फरेस्ट्री अध्ययनको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ ।

प्रथम अधिवेशनले केन्द्रीय प्रतिनिधिमा बबिता न्यौपाने, हरिबहादुर थापा, मदन सुवेदी, वसन्तकेशव अधिकारी, महेन्द्र थापा, केदार बराल, दिवाकर पौडेल, सरोज पन्थी, राजेन्द्र शर्मा, अमृत पौडेल, अञ्जु उपाध्य, सुजन महर्जन, हरि गौतम, कमल लम्साल, मदन कँडेल, गणेश कार्की, अमृत ज्ञवाली, अशोक सुवेदी, उमेश पौडेल र वीरेन्द्र कँडेललाई छनोट गरेको छ ।

Advertisement

कार्यक्रममा नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले नेपालजस्तो विकासोन्मुख मुलुकमा ४५ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रको व्यवस्थापनले देशको अर्थतन्त्रमा अहम् भूमिका खेल्न सक्ने बताए । नेपालको वनलाई आर्थिक समृद्धिको माध्यमका रूपमा प्रयोग गर्दै संरक्षणका साथै वनबाट आर्थिक फाइदा लिनका लागि विद्यमान समस्या सुल्झाउन सरकारले चासो दिनुपर्नेमा उनले जोड दिए ।

‘काठ जंगलमै सडेर गएका छन्, यसको उपभोग हुन सकेको छैन । वन ऐन, कानुन संशोधन गर्नुपर्ने भए पनि सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मि आचार्य, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सचिव विशाल घिमिरे, पोखरा वन विज्ञान अध्ययन संस्थानका डिन वीरबहादुर खनाल क्षेत्री लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया