मुद्रण संघ कास्की अध्यक्ष श्रेष्ठको निधन

समाधान संवाददाता २०८० वैशाख २४ गते ११:२७

पोखरा ।

पोखराका छापाखाना व्यवसायी किरण श्रेष्ठको निधन भएको छ । मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष एवं रोजिना अफसेट प्रेसका सञ्चालक श्रेष्ठको आइतबार बिहान निधन भएको हो ।

बिरामी भएपछि अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गोरखाको बुंकोट घर भएका उनी लामो समयदेखि पोखरामा मुद्रण व्यवसायमा आबद्ध थिए ।

Advertisement

तपाईको प्रतिक्रिया