नेत्रज्योति संघ कास्की अध्यक्षमा सुरेन्द्र थापामगर

समाधान संवाददाता २०८० वैशाख २४ गते ११:३१

पोखरा ।

नेपाल नेत्रज्योति संघ कास्कीमा सुरेन्द्र थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको संघको अधिवेशनले वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित चयन गरेको हो ।

अन्य पदाधिकारी अध्यक्षले नियुक्त गर्ने संघको सदस्यहरुमा डा. नन्द श्रेष्ठ, जनकराज पराजुली, रमाकान्त बराल, नारायण बराल, मेघनाथ काफ्ले, शंकर गुरुङ, प्रा.डा. ज्ञानबहादुर कार्की, सुशीला केसी अधिकारी। गणेशबहादुर ढकाल र तुम्ला श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

यस्तै महिला सदस्यहरुमा राधिकाकुमारी शाही र पुष्पलक्ष्मी महर्जन चयन भएका छन् । यी सदस्यहरुमध्येबाट पदाधिकारीको छनोट गरिने नवनिर्वाचित अध्यक्ष थापामगरले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया