बुद्धि परियारको सम्झना

समाधान संवाददाता २०८० वैशाख २४ गते १२:४४

पोखरा ।
वरिष्ठ लोकगायक, संकलक, कलाकार एवं नृत्य प्रशिक्षक बुद्धि परियारको २० औं स्मृति दिवस मनाइएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले शनिबार कार्यक्रम गरी उनको सम्झना गरेको हो ।

कार्यक्रममा बुद्धिले संकलन र गायन गरेका गीतलाई गायिका सबीना सुनामले प्रस्तुत गरेकी थिइन् भने उनलाई वाद्यवादनमा अनुपम रिजालले साथ दिएका थिए । मञ्चका कोषाध्यक्ष राजु परियार र सिबी संगम लगायतले सिर्जना वाचन गरेका थिए ।

स्मृति दिवसमा जनवादी कलाकार तथा संगीतकर्मी राम नेपालीले बुद्धि परियारसँगका रमाइला र रोचक संस्मरण सुनाउँदै नेपाली लोकसङ्गीत तथा कलाका क्षेत्रमा बुद्धि परियारले दिएको योगदान भुल्न नहुने बताए । मञ्चका अध्यक्ष विश्वराज रसाइलीले भविष्यमा बुद्धि परियारको स्मतिमा स्मारिका प्रकाशन गर्ने जानकारी दिए ।

Advertisement

बुद्धिसँग ५० को दशकमा साँस्कृतिक कार्यक्रमका सिलसिलामा संगत गर्ने अवसर प्राप्त भएको उनले सुनाए । कार्यक्रममा मञ्चका सचिव सुरेन्द्र ल्वागुन पनि बोलेका थिए । मञ्चले पहिलो शृङ्खला सिर्जना वाचन तथा गायन यसअघि मानव सेवा आश्रम छोरेपाटनमा गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया