अभिनेता महेश त्रिपाठीलाई प्रश्नः हल्कारा किन हेर्ने ?

समाधान संवाददाता २०८० वैशाख २८ गते १७:५८

पोखरा ।


फिल्म ‘हल्कारा’ शुक्रबारदेखि सार्वजनिक देशभरी प्रदर्शनमा आउदै छ । निर्देशक विक्रम सापकोटा, अभिनेता महेश त्रिपाठी, अभिनेत्री विनिता थापामगर मुख्य भूमिकामा देखिएका हल्काराले अन्तर्राष्ट्रिय अवार्ड पनि जितिसकेको छ ।


अन्तर्राष्ट्रिय अवार्डमा पुरस्कार समेत जित्न सफल फिल्ममा एक हुलाकीको कथामा प्रस्तुत गरिएको छ । बिहीबार निर्देशक सापकोटा अभिनेता त्रिपाठी फिल्म प्रचारका लागि पोखरा आइपुगका छन् । पोखरा आएर अभिनेता त्रिपाठीले पोखरेलीलाई एक पटक फिल्म हेर्न अनुरोध गरे ।

Advertisement


पोखराको कास्कीकोट घर भएका अभिनेता त्रिपाठीले आफूले विद्यालय जीवनमै हल्काराबारे जानेबुझेको बताए । ‘गाउँको चिठी आयो भने त्यहाँको हजुरबुवाले बोलाएर चिठी पढ्न र चिठी पु¥याइदिनु है भन्नुहुन्थ्यो,’ त्रिपाठीले भने, ‘मैले चिठी लेखिदिने, पढिदिने, लेखेको चिठी हुलाकमा छोडिदिनेसम्म काम गरें । चिठी त कति पढियो पढियो । बच्चामा गरेको पात्रलाई अभिनय गर्न पाउँदा निकै रमालाई लाग्यो ।’


महेशले विद्यालय जीवनमा हल्काराको अनुभव लिए पनि कलेज जीवनमा त्यो अनुभव गर्न पाएनन् । पोखरामै उच्च शिक्षा लिएर काठमाडौं छिरे पनि हल्काराको स्मृति दिमागमा ताजै भएको बताए ।

Advertisement


फिल्मको लेखक र निर्देशक विनोद सापकोटा हुन् । त्यहीकारण महेशले चरित्र र कथालाई नियालेको बताउँछन् ।
पोखरा आइपुगेका अभिनेता त्रिपाठीलाई पत्रकारले सोधे—हल्कारा किन हेर्ने ? जवाफमा अभिनेता त्रिपाठी भन्छन्, ‘म सबै फिल्म हर्नुस् भन्दिनँ । तर, दर्शकहरुलाई के चाहिँ अनुरोध गर्छु भने । हाम्रै समाजको कथा । हाम्रो विगत व्यथा फिल्मले बोलेका छ । हामी सबैले त्यो सबैले थाहा पाउन जरुरी छ जस्तो लाग्छ ।’


अभिनेता त्रिपाठीले हल्काराले एउटा गाउँमा चिठीपत्र आदानप्रदान गर्ने मान्छे । देशविदेशबाट हुलाकमा आउने पत्रसँग सम्बन्धित भएको बताए । उनले चिठी व्यक्तिको हातमा पु¥याउने र गाउँको चिठीलाई हुलाकसम्म पु¥याउने माध्यम कसरी हुन्छ विषयबस्तुलाई देखाउन खोजेको बताए ।


‘हल्कारा भावनात्मक पाटो पनि छ । संसारका जुनसुकै कुनामा बस्ने मानिसको भावना यसको कथा र पात्राले छुन्छ जस्तो लाग्छ । हल्कारामा चिठीपत्र मात्र छैन, मायाप्रेम छ,’ उनले भने, ‘पारिवारिक विषयवस्तु छ युवाको बाध्यता र आकांक्षा छ ।’

तपाईको प्रतिक्रिया