पत्रकार सज्जनको ‘पोखरामा‘ गीत सार्वजनिक

समाधान संवाददाता २०८० जेठ १७ गते १३:२२

पोखरा ।
बहुप्रतिभाशाली कलाकार तथा पत्रकार सज्जनकुमार सिंहको नयाँ गीत/भीडियो पोखरामा सार्वजनिक भएको छ । ‘’पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’’ गीतको मुल थेगो रहेको छ ।

पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन् ।

गीतमा भनिएको छ, ‘’एकै छिनमा वादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।“

Advertisement

पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर तयार पारिएको गीतको शब्द, संगित सज्जनको छ । गीतमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

बागलुङ घर भएका सज्जन न्युज पोर्टल इलाकाखबर डटकमका सम्पादक/सञ्चालक हुन् । उनी प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष समेत छन् ।

Advertisement

गीतको भीडियोलाई इश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन् । राजेश घिमिरेको छायांकन रहेको भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय देख्न सकिन्छ । भिडियोमा पोखराको फेवाताल र यहाँका पर्यटकीय ठाउँमा छांयाकन गरिएको छ ।

तपाईको प्रतिक्रिया