पोखरा इन्जिनियरिङ कलेजका विद्यार्थी भारततर्फ

समाधान संवाददाता २०८० जेठ २४ गते १२:३४

पोखरा ।
पोखरा इन्जिनियरिङ कलेज(पेक)को आर्किटेक्चर तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी पञ्जाबको जालन्धर सहरमा हुने सम्मेलनका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । नेसनल एसोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर (नासा) भारतको आयोजनामा जेठ २६ देखि २९ गतेसम्म हुने ६५ औं सम्मेलनमा सहभागी हुन विद्यार्थी त्यसतर्फ गएका हुन् ।


कलेजले विद्यार्थीलाई फलदायी यात्राको कामनासहित मंगलबार बिदाइ गरेको छ । दक्षिण एसियाली राष्ट्रका करिब ३ सय कलेजका विद्यार्थीको सहभागिता रहने उक्त सम्मेलन डिजाइनमाथि केन्द्रित हुनेछ । प्रबुद्ध आर्किटेक्चरको पनि सहभागिता रहने त्यस सम्मेलनमा किनोट स्पिकरका साथै, मास्टरक्लास, सेमिनार, ६० भन्दा बढी वर्कसप र विभिन्न सांस्कृतिक कार्यक्रम हुने विभागीय प्रमुख आ प्रद्युम्न अधिकारीले बताए ।


सार्क राष्ट्रभित्रका स्नातक तह आर्किटेक्चरका करिब ४ हजार विद्यार्थीको जमघट रहने सो सम्मेलन ज्ञान अभिवृद्धिको लागि उपयुक्त प्लेटफर्म रहेको कलेजकी प्रिन्सिपल आ रोजना जोशीले बताइन् ।

Advertisement


नेसनल एसोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर (नासा) भारतका आर्किटेक्चर विद्यार्थीको संस्था हो । जसले हरेक वर्ष भारतका विभिन्न क्षेत्रका कलेजमा यस प्रकारको सम्मेलन आयोजना गर्ने गरेको छ ।


सम्मेलनपछि विभिन्न ठाउँ भ्रमण गरी पेकका विद्यार्थी १५ दिनपछि स्वदेश फर्किने पेकका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया