पाहुनालाई पृथ्वीनारायण शाहको मूर्ति उपहार

राष्ट्रिय समाचार समिति (रासस) २०८० जेठ २९ गते १२:२३

गोरखा ।
गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सकिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी संघ गोरखाको आयोजनामा गएका भएको तालिममा १५ महिलाले ‘एड्भान्स’ तालिम लिएको गोरखाका नगर प्रमुख कृष्णबहादुर रानामगरले बताए ।

सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम निर्माण गर्नेलगायताका तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि एकमहिने आधारभूत मूर्ति बनाउने तालिममा सहभागी भएकालाई दोस्रो चरणमा थप १ महिना ‘एड्भान्स’ तालिम दिइएको हो ।

तालिमका सहभागीले बनाएको मूर्ति आन्तरिक तथा बाह्य पर्यटक, अतिथि लगायतलाई मायाको चिनोका रूपमा प्रयोग हुने नगर प्रमुख रानामगरले सुनाए । यसले गोरखाको ऐतिहासिक पहिचानको पनि प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

Advertisement

गोरखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा उत्पादन गर्न सके यसले आर्थिक आयआर्जनमा टेवा पुग्ने भएकाले महिलालाई मूर्ति बनाउन तालिम प्रदान गरेको उनले जनाए ।

गोरखा आएर फर्कने पर्यटकले यहाँ घुमेर फर्कँदै गर्दा गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिमको आयोजना गरिएको नगरप्रमुख रानामगर बताउँछन् । तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा ३ लाख बजेट विनियोजना गरेको थियो ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया