सफल दहीको अभियान

समाधान संवाददाता २०८० जेठ २९ गते १२:३९

पोखरा ।
सुजल डेरीको उत्पादन सफल डेरी ‘सफल दही, एक दम सही’ अभियानसहित बजारमा आएको छ । १८ वर्षदेखि पोखरा र आसपासमा लोकप्रिय दहीलाई रि–ब्रान्डिङ गर्न अभियान थालिएको हो ।


सफल दही गाई तथा भैंसीको दूधलाई उच्च कोटीको प्रविधिद्वारा प्रशोधन गरी गुणस्तरीय ल्याक्टिक कल्चर प्रयोग गरिएको बाक्लो र मलायदार भएको कम्पनीको दाबी छ । सन्तुलित आहारका लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही उपयुक्त हुने कम्पनीको दाबी छ ।


सफल दहीमा स्वास्थ्यका लागि अत्यावश्यक क्याल्सियम, प्रोटिन, भिटामिन जस्ता तत्व आवश्यक मात्रामा रहेको जनाइएको छ ।

Advertisement

यो बालबालिकादेखि युवा, वयस्क र वृद्ध–वृद्धालाई समेत उपयुक्त रहेको बताइएको छ । गुुणस्तरका लागि रुचाइएको सफल दही होटल तथा रेस्टुराँमा विभिन्न स्वादिष्ट खानाहरु बनाउनका लागि पनि लोकप्रिय छ ।


आइएसओ २२००० एम २०१८ प्राप्त यो कम्पनीले परिवारको आवश्यकतालाई हेरी डेरीसम्बन्धी अन्य उत्पादनसमेत बजारमा ल्याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया