१८ औं रोपाइँ महोत्सव

कृषिको सम्मान बढेको छ

समाधान संवाददाता २०८० असार १५ गते १४:१४

पोखरा पर्यटन परिषद्ले जुन असारे महोत्सव गर्दै छ, यो पर्वले पोखरामा कृषि प्रणालीको महत्व र परम्परालाई नयाँ पुस्ता र पर्यटकलाई परिचित गराउँछ । पोखरा पर्यटनको जसरी हबका रूपमा विकास हुँदै गएको छ । हिउँदका बेला धेरै महोत्सव हुँदै आएका छन् तर, बर्खामा कार्यक्रम थिएनन्, पर्यटकलाई आकर्षण गर्ने पर्वको रूपमा असार १५ विकास हुँदै गएको छ । यसले पर्यटकको संख्या राम्रो वृद्धि भएको छ । बर्खामा पनि अझै मौलिक पर्वलाई प्रवद्र्धन गर्न सके पोखरामा बाह्रै महिना पर्यटक वृद्धि गर्न सकिन्छ भन्ने छ ।


वर्षातको समयमा पर्यटकको आगमन कम हुँदै गर्दा यहाँ गतिविधि बढाउने र मौलिक पर्वहरुको संरक्षण उद्देश्यले आजभन्दा १८ वर्षअघि सुरु गरेको पर्व हो । यसले हामीले सोचे अनुरूप महत्व पनि जगाएको छ । विदेशी पाहुना पर्वमा सहभागी हुन आएका छन् । स्थानीयको त सहभागी हुने नै भयो ।

यो पर्वले कृषिलाई आफ्नो पेसाप्रति गर्व हुने र यहाँ सम्मान हुने वातावरण बनाएको छ । नेपाल सरकारले यो पर्वलाई धान दिवसको रूपमा मनाइरहँदा त्यसलाई टेवा पुग्छ । यो पर्वमा किसानलाई निर्वाहमुखी कृषि होइन, व्यावसायिकतातर्फ डोर्‍याउनुपर्छ भनेर झक्झक्याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया