गण्डकीमा २६ टन मल मौज्दात

समाधान संवाददाता २०८० असार २९ गते ११:३४

अन्नपूर्ण ।
गण्डकी प्रदेशमा किसानलाई आवश्यक रासायनिक मल मौज्दात छ । बर्सेनि धानखेतीको समयमा अभाव झेल्दै आएका प्रदेशका किसानलाई यस वर्ष मल अभाव नहुने भएको छ ।


कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीसित डिएपी २१ टन र युरिया ५ टन गोदाममा मौज्दात छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जनाए ।


यस वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जनाए । धान लगाउने समयमो छिटपुट रुपमा पोटासको अभाव देखिए पनि युरिया र डिएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ छ । ‘तत्काललाई मलको समस्या देखिएको छैन । अब युरिया मल आवश्यक पर्ने समय आउँदै छ’, उपाध्यक्ष सापकोटाले भने, ‘युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन तर, अहिलेसम्मलाई समस्या छैन ।’

Advertisement


गण्डकी प्रदेशमा वर्षमा ५ हजार टन युरिया, ३ हजार टन डिएपी र ५ सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोला बताउँछन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कास्कीका लागि आवश्यकमध्ये युरिया ६ सय टन, डिएपी ३ सय टन र पोटास २१ टन आइसकेको छ । सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको छ ।


अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाले उल्लेख गरे । ‘सहकारी संस्था र कृषि सामग्री बिक्रेताको माग त ठूलो छ । उहाँहरूको माग अनुुसार त पु¥याउन सकेको छैन तर चित्त बुझाएको छु,’ उनी भन्छन् । मल अभाव हुन नदिनका लागि नातावाद र पहँुचका आधारमा नबाढी दामासाही ढंगले सहकारी संस्था र कृषि सामग्री बिक्रेतालाई उनको दाबी छ ।

Advertisement


गण्डकीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङले मल बिक्री गर्दै आएका छन् । जसमा कृषि सामग्रीले ७० र साल्ट ट्रडिङले ३० प्रतिशत मल बिक्री गर्दै आएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ वटै जिल्लामा मल बिक्री गर्दै आएको लिमिटेडका सूचना अधिकारी गोपालजंग गुरुङले जानकारी दिए । गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर र त्यसपछि स्याङ्जा, तनहुँ, कास्कीलगायत जिल्लामा मल खपत हुने गरेको सूचना अधिकारी गुरुङले सुनाए ।

तपाईको प्रतिक्रिया