नागरिक समाजको स्थापना दिवस

समाधान संवाददाता २०८० साउन १७ गते १२:४८

लेखनाथ ।
जागरुक नागरिक समाज कास्कीले सोमबार पहिलो स्थापना दिवस मनाएको छ । कार्यक्रममा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले वडाले गरेका हरेक विकास, निर्माणदेखि जनतालाई दिँदै आएका सेवाका बारेमा नागरिक स्तरवाट सुझाव र सल्लाहको खाँचो रहेको जनाए ।


मानव अधिकारकर्मी विष्णुप्रसाद बरालले नागरिक समाजले समाजमा हुने सबै खालका गतिविधिमा खबरदारी र समाजबाट पछाडि पारिएका ज्येष्ठ नागरिक, अपांग तथा महिलाको हक, अधिकार स्थापितका गर्नका लागि आवाज उठाउनुपर्नेमा जोड दिए ।


समाजका अध्यक्ष रामहरि ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार जानुका अधिकारी, कृष्ण केसी, सचिव सावित्री भट्टराई र उपाध्यक्ष जगनाथ तिमिल्सेनाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया