कञ्चनजंघा स्कुलमा नेपाली हिज्जे

समाधान संवाददाता २०८० साउन १८ गते १५:१२

पोखरा ।

पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा इंग्लिस बोर्डिङ स्कुलमा मंगलबार वार्षिक कार्यतालिका अनुसार नेपाली हिज्जे प्रतियोगिता भएको छ । आधारभूत तह स्तरीत अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगितामा पहेलो सदनका सुजाता कोइराला, सुम्निमा तामाङ, सम्रता गुरुङ र मिस्याल श्रेष्ठको समूह प्रथम बन्यो ।


हरियो सदनका रुपेश यादव, विश्लेशा तुलाधर, एरिका गुरुङ र किस्मल तामाङको समूह दोस्रो भयो । कार्यक्रममा नेपाली विषय विभागीय प्रमुख सावित्रा शर्मा र शिक्षक सुरेन्द्र सदिच्छा हिज्जे मास्टर थिए ।

Advertisement


विद्यालय सञ्चालक समिति अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल मित्रलाल पोख्रेल, शिक्षक अमृत जिजी र शिक्षक नवीन न्यौपाने लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया