प्याब्सनको नेपाली हिज्जे प्रतियोगिता

समाधान संवाददाता २०८० साउन २२ गते १६:५९

पोखरा ।

प्याब्सन कास्कीले आयोजना गरेको आधारभूत तह (६–८) स्तरीय नेपाली हिज्जे प्रतियोगितामा न्यास्नल इन्भेन्टिभ स्कुल प्रथम बनेको छ । केफ मावि द्वितीय, गोल्डेन नेचर तृतीय र मेट्रोपोलिटन मावि चतुर्थ बनेका छन् ।


प्याब्सन कास्कीस“ग आबद्ध ६६ सदस्य विद्यालय प्रतियोगितामा सहभागी थिए । निर्णायकमा नेपाली भाषा शिक्षक परिषद कास्कीका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल, उपाध्यक्ष विक्रम पौडेल, महासचिव शिवहरि सुवेदी, सदस्य विष्णु पौडेल र पोष्टराज सुवेदी, शशिशिशिर ढुगांना थिए ।

Advertisement


कार्यक्रममा प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछाने र सचिव पुष्पराज पराजुलीले नेपाली हिज्जे प्रतियोगिताले भाषाका सुनाइ, बोलाइ, पढाइ, लेखाइ सीपको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । निर्णायक डोलराज अर्यालले भाषाको विकासमा यस्ता कार्यक्रमले सहयोग गर्ने जनाए । समारोहमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया