पोखरामा इन्टर कलेज ब्यान्ड कम्पिटिसन हुने

समाधान संवाददाता २०८० भदौ ९ गते १७:०६

पोखरा ।

पोखरामा इन्टर कलेज ब्यान्ड कम्पिटिसन हुने भएको छ । आगामी असोज दोस्रो साता पोखरा सांगीतिक कलाकार संघले कम्पिटिसन आयोजना गर्न लागेको हो । असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्रको डोममा प्रतिस्पर्धा हुनेछ आयोजकले जनाएको छ । देशभरका कलेजमा रहेका सांगीतिक ब्यान्डले प्रतिस्पर्धा गर्न पाउनेछन् । ब्यान्डमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने संघका अध्यक्ष हर्कराज गुरुङ ९भाइ०ले बताए । उनहा अनुसार प्रतियोगितमा सहभागी हुन डिजिटल अडिसन दिनुपर्ने छ । ‘कलेज ब्यान्डले कभर सङ्ग गाएर भिडियो पठाउनु पर्नेछ। डिजिटल अडिसनमा छनोट भएका ब्यान्डले पुनः फिजिकल अडिसन दिनु पर्नेछ,’ उनले भने ।


भदौ २९ गतेसम्ममा डिजिटल अडिसन दिने म्याद छ। फिजिकल अडिसनबाट छनोट भएका सेमिफाइनलमा पुग्ने अध्यक्ष गुरुङ बताउँछन्। त्यसपछि सेमिफाइनल राउन्ड हुनेछ । फिजिकल अडिसन र सेमिफाइनलमा कभर सङ्ग मात्र गाए पुग्छ। फाइनलमा एउटा कभर सङ्ग र अर्को ब्यान्डले आफ्नै मौलिक ९ओरिजिनल० गीत गाउनुपर्नेछ । इन्टर कलेज ब्यान्ड कम्पिटिसनको उपाधि विजेताले १ लाख रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेतालाई ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए। उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाई पनि ५र५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ ।

Advertisement

तपाईको प्रतिक्रिया