प्रदेश अधिवेशन प्रतिनिधिमा केन्द्रीय सदस्य थापा र पहारीकाे मनोनयन दर्ता, नेतृत्व लिने चाहना

समाधान संवाददाता २०८० असोज ६ गते १५:२३

पोखरा
असोज १५ र १६ गते हुने नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको प्रतिनिधिका लागि कास्कीबाट केन्द्रीय सदस्य कृष्ण थापा र राजीव पहारीले उम्मेदवारी दर्ता गराएका छन् ।

थापा र पहारीले प्रतिनिधिका लागि शनिबार उम्मेदवारी दर्ता गराएका हुन् । कास्कीमा प्रतिनिधि छनोटका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । थापा र पहारी प्रदेशको नेतृत्व लिने आंकक्षीका रुपमा देखिएका छन् । दुवैले प्रदेशको नेतृत्वले लिने चाहनासहित प्रतिनिधि छनोटमा मनोनयन दर्ता गरेको बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया