एमाले गण्डकी प्रदेश अधिवेशनका लागि मादीबाट सर्वसम्मत प्रतिनिधि छनाेट

समाधान संवाददाता २०८० असोज ६ गते १७:३६

पोखरा
असोज १५ र १६ गते हुने नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागि कास्कीको मादी गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । गाउँपालिकाबाट एमाले कास्की अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङसहित १२ जना प्रतिनिधि शनिबार सर्वसम्मत छनोट भएका छन् ।

गुरुङसहित प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ, खेमराज सापकोटा, बुद्धिसागर सापकोटा, झलक पोखरेल, विरबहादुर परियार र समन्त परियार सर्वसम्मत चयन भएका छन् ।

युवातर्फ शिवबहादुर गुरुङ (महेन्द्र) र महिलातर्फ विष्णुमाया पौडेल आचार्य, कल्पना गुरुङ, प्रतिक्षा पौडेल र टिकामाया परियार सर्वसम्मत चयन भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया