विवेक ओझाको ‘ऐंठन’ले पायो मदन पुरस्कार

समाधान संवाददाता २०८० असोज १४ गते १२:२६

विवेक ओझाको उपन्यास ‘ऐंठन’ लाई २०७९ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐंठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको गुठीले बताएको छ ।


ओझाको उपन्यास ‘ऐंठन’ मा सशस्त्र द्वन्द्वको दुःस्वप्न र त्यसको नेपाली समाजमा परेको प्रभावलाई व्यक्त गरिएको छ ।


२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट वि.स. २०१३ मा गद्य विधामा श्री सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा श्री चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा श्री बलराम जोशीको अधिकविभव स्थिरविद्युत उत्पादक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement


२०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो। यो सम्मान पहिलोपटक श्री नारायण गोपाललाई प्रदान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया