भौतिकतर्फको नोबेल ३ जनालाई
समाधान संवाददाता
२०८० असोज १७ गते १६:१०
स्टकहोम ।
स्विडेनको नोबेल पुरस्कार कमिटीले यस वर्षका लागि भौतिकविज्ञानतर्फ तीन वैज्ञानिकलाई नोबेल पुरस्कारले सुशोभित गरेको छ । सन् २०२३ को नोबेल पुरस्कार यस वर्षका लागि पियर एगोस्टिनी, फेरेन क्राउस्ज र एन एलहुलियरलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा मंगलबार गरिएको हो ।
यी तीन वैज्ञानिकलाई इलेक्ट्रोनको अध्ययनमा प्रकाशको अट्टोसेकेन्ड चाल उत्पादन गर्ने प्रक्रियाको परीक्षणका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको राशि ११ मिलियन स्विडिस क्रोनर छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया