एमाले गण्डकी अधिवेशनः सर्वसम्मतका लागि अन्तिम कसरतमा इञ्चार्ज विष्ट

समाधान संवाददाता २०८० असोज १७ गते १८:५३

पोखरा
नेकपा एमालेको प्रथम अधिवेशनमा मतदानबाट निर्वाचन चुन्ने करिब निश्चित छ । म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएर प्रचारप्रसारमा लागेका छन् ।

उनीहरुकै नेतृत्वमा पदाधिकारी पनि चुनावी मैदानमा छन् । एमाले गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्ट सहमतिका लागि उम्मेदवारहरुसँग छलफल गरिरहका छन् । उनले अध्यक्षसहितका उम्मेदवारलाई सँगै राखेर छलफल गराइराखेका छन् । इञ्चार्ज विष्टले सहमतिका लागि अन्तिम कसरतमा छन् ।

मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उठेका छन् । सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् ।

Advertisement

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १६५ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया