२३८ युनिट रगत संकलन

समाधान संवाददाता २०८० असोज १८ गते १३:४४

पोखरा ।
लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीद्वारा आयोजित खुला कार्यक्रममा २३८ युनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा कार्यक्रम भएको क्लबका अध्यक्ष केदारप्रसाद श्रेष्ठले जानकारी दिए । क्लबको वार्षिक नियमित कार्यक्रम अनुसार रक्तदान गरिएको उनले बताए ।


लायन डिस्ट्रिक्ट ३२५ एमका फस्ट भिपी चण्डीप्रसाद अर्यालले क्लबहरूको सामाजिक कार्य अन्तर्गत रक्तदान गरी सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताए । यस्ता प्रकारका कार्यक्रमहरू क्लबहरूले निरन्तर गर्नुपर्नेमा उनले जोड दिए ।


कार्यक्रममा लायन डिस्ट्रिक्ट ३२५ एमका सेकेन्ड भिपी धनीराम बराल, लायन डिस्ट्रिक्ट ३२५ एमका रिजन चियरपर्सन श्रीकृष्ण श्रेष्ठ, लायन डिस्ट्रिक्ट ३२५ एमका जोन चियरपर्सन रेशमबहादुर श्रेष्ठ लगायत बोलेका थिए ।

Advertisement


क्लबका अध्यक्ष लायन केदारप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्लबका प्रथम उपाध्यक्ष लायन लोकनाथ पौडेल र सञ्चालन क्लबकी सचिव लायन भीमा पौडेलले गरेकी थिइन् । क्लब २० वर्षदेखि निरन्तर क्रियाशील छ ।

Advertisement

तपाईको प्रतिक्रिया