एमाले अध्यक्ष ओली भोलि पोखरा आउँदै

समाधान संवाददाता २०८० कार्तिक १२ गते १९:४३

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार पोखरा आउँदै छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्न ओली पोखरा आउन लागेका हुन् ।

पार्टी अध्यक्ष ओली सहभागी हुने कार्यक्रमलाई एमाले गण्डकीले विशेष समारोहको नाम दिएको छ । गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले पोखरा सभागृहमा आयोजित विशेष सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको समाधानलाई बताए ।

यस्तै, एमाले उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकणर् बिष्ट लगायतका नेता सहभागी हुने कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए । सचिव दवाडीले कार्यक्रममा सयममै उपस्थितिका लागि एमालेका कार्यकर्ता एव शुभेच्छुकलाई आग्रह गरेका छन् ।

Advertisement

असोजको तेस्रो हप्ता भएको एमाले गण्डकीको प्रथम अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओली खराब मौसमका कारणका उपस्थित हुन सकेका थिएनन् । अधिवेशनले म्याग्दीका नवराज शर्माको अध्यक्षतामा १ सय ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । कमिटीको उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिवद्वय मञ्जु अधिकारी र दामबहादुर विक चुनिएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केही व्यक्ति एमालेमा प्रवेश गर्ने तयारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया