राष्ट्र संघका महासचिव गुटेरेस आज पोखरा आउँदै,
समाधान संवाददाता
२०८० कार्तिक १३ गते ९:५२

पोखरा ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज दिउँसो पोखरा आउँदै छन् । महासचिव गुटेरेस नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा आउन लागेका हुन् ।
गुटेरेस काठमाडौंबाट दिउँसो १ः२० पोखरा प्रस्थान गर्नेछन् । उनी १ः५० मा पोखराको पुरानो विमानस्थलमा अवतरण गर्नेछन् । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ ।
गुटेरेसलाई स्वागत गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुग्नेछ ।
त्यसपछि उनी सिधै होटेलतर्फ प्रस्थान गर्नेछन् । महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया