पोखराका नगर प्रहरीमाथि हातपात गर्ने व्यापारी पक्राउ

समाधान संवाददाता २०८० मंसिर २४ गते १८:४३
फाइल तस्बिर ।

पोखरा ।
नगर प्रहरीमाथि हातपात गरेको आरोपमा महेन्द्रपुलको गोविन्दप्रसाद घिमिरेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिकाले नगर प्रहरी लगाएर सडक पेटी र फुटपाथमा राखिएका सरसामान हटाउने अभियान चलाएको छ ।


त्यस अभियानको अनुगमनमा जाँदा महानगरपालिकाको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापामाथि घिमिरेले हातपात गरेको आरोप छ । घिमिरेका विरुद्ध महानगरपालिकाले नै उजुरी नै गरेपछि कास्की प्रहरीले उनलाई पक्रेको हो ।


रेनुका स्टोर चलाइरहेका घिमिरेले सडकपेटी फुटपाथमै सामान राखेर बिक्री गरिरहेको त्यसलाई हटाउन पटकपटक आग्रह गर्दा शनिबार पनि उस्तै अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक थापाले सुनाए ।

Advertisement

‘पटकपटकको अनुरोध अटेर गरेपछि फुटपाथका सामान नगर प्रहरीले नियन्त्रणमा लिएका थियौं,’ थापाले भने, ‘त्यसो गर्दा उहाँ(घिमिरे)ले हाम्रा साथीहरुसँग झगडा गर्नुभयो । म गाडीभित्र थिएँ, एक्कासि आएर ममाथि नै हातपात गर्नुभयो ।’

Advertisement

तपाईको प्रतिक्रिया