पोखरा १२ले वृद्धवृद्धालाई धार्मिक भ्रमणमा लग्यो लमजुङ

समाधान संवाददाता २०८० मंसिर २५ गते १९:००

पाेखरा ।

पोखरा महानगरपालिका वडा नं। १२ ले बालाचतुर्दशीको अवसर पारेर वडाभित्रका वृद्धवृद्धाहरुलाई लमजुङ जिल्लाको कर्पुटारमा सतविज छर्न लगेको छ । विशेषगरि वृद्धवृद्धाहरु धार्मिक स्थलको भ्रमण र धार्मिक कार्यहरु गर्न रुचाउने भएकोले पनि आज विशेष दिन पारेर निशुल्क रुपमा वडाले कर्पुटार लैजाने व्यवस्था मिलाएको उनले बताए । पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

Advertisement

वडाध्यक्ष वास्तोलाका अनुसार वडाले यसअघि ज्येष्ठ नागरिकको घरघरमा पुगेर रगत परीक्षण, मृगौला, सुगर, हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण वर्षमा कम्तिमा पनि दुई पटक निःशुल्क गर्ने गरेको र यस वर्षदेखि यस्ता कार्यक्रमहरुलाई बढाउँदै लैजाने तयारी वडाले गरेको बताए ।

वडाध्यक्ष सन्तोष बास्तालाले ज्येष्ठ नागरिकको सम्मानस्वरुप वडाले बजेट नै छुट्याएर कार्ययोजना बनाएको र सोही अनुसार वडासचिव नेतृत्वको टोलीलाई कर्पुटार पठाईएको बताए । पोखरा महानगरपालिका वडा नं। १२ ले यसअघि पनि बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया