युनिलिभरले प्रतिकित्ता १५ सय ८० रुपैयाँ लाभांश बाँड्ने

समाधान संवाददाता २०८० मंसिर २८ गते ९:२४

पोखरा ।
युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनिलिभरले लाभांश प्रतिफल र करपछिको नाफा १८३ दशमलव ४ करोड पु¥याएको छ । यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । युनिलिभर नेपालका सेयरधनीहरु यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रतिकित्ता सेयर १५ सय ८० रुपैयाँका साथ लाभान्वित हुने भएका छन् ।


युनिलिभरले नेपालमा ३० औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनम’ भन्ने नाराका साथ मनाइरहेको छ । जसले नेपालका हरेक नेपालीको घरमा उनीहरुको प्रिय ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।


समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेइले सबै सेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिंदै भने, ‘न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ किन कि विश्वव्यापी जोखिमहरु केही समयका लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ ।’

Advertisement


युनिलिभरको व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवद्र्धनका साथ अघि बढ्ने क्रममा आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, खरिद, मानव पुँजी, प्रविधि, समावेशिता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडि बढ्ने प्रशस्त अवसरहरु रहेको अध्यक्ष बाजपेइले बताए ।


सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४ दशमलव २ करोडबाट बढेर यो वर्ष १८३ दशमलव ४ करोड पुगेको जानकारी दिए । उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको उनले सुनाए ।

Advertisement


मुखर्जीले यो अद्भूत सफलता उत्पादनहरुको स्थानीयकरणमा गरिएको प्रयासहरु, प्रभावकारितामार्फत् गरिएको उल्लेख्य लागत बचत, र उपभोक्ताहरुले युनिलिभरको ब्राण्डहरुमा देखाएको अतुलनीय रुचिका कारण प्राप्त हुन सकेको विचार राखे । प्रबन्ध निर्देशक मुखर्जीले अगाडि भने, ‘हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो सञ्चालन पुँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन ।’ युनिलिभर नेपाल लिमिटेडको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीहरुको छ । बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणको छ ।

तपाईको प्रतिक्रिया