लक्ष्मी ग्रुपको रक्तदान

समाधान संवाददाता २०८० पुष ६ गते १२:४६

पोखरा ।
लक्ष्मी ग्रुप प्रालिले ५० औं स्थापना दिवसको अवसरमा बिहीबार प्रालि मातहतका विभिन्न औद्योगिक प्रतिष्ठानमा रक्तदान आयोजना गरेको छ । लेखनाथ तालचोकको सुजल फुड्स प्रालि युनिट १ कारखाना परिसरमा आयोजना गरिएको रक्तदानमा २५ जनाले रक्तदान गरे ।


विजयपुरको युनिट २ मा आयोजना गरिएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । यसैगरी, पोखरा औद्योगिक क्षत्रको जयमा लक्ष्मी टेक्नो सेन्टर प्रालिमा भएको रक्तदानमा ६६ युनिट रगत संकलन भएको छ ।


ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठ, निर्देशकहरु चन्द्रबहादुर राजभण्डारी, कृष्णबहादुर श्रेष्ठ, सुव्रत श्रेष्ठ, मोनिका श्रेष्ठ, महा प्रवन्धकहरु श्याम मल्ल, सुशीलकुमार भट्टराई, प्रवन्धक राजेश्वर कोइराला लगाएतले रक्तदातालाई प्रमाण पत्र प्रदान गरे ।

Advertisement


रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान भएको हो । कम्पनीले सोसियल कर्पोरेट रेस्पोन्सीविलिटी अन्तर्गत हरेक वर्ष रक्तदान आयोजना गर्दै आएकामे मानव संसाधान विभागका महाप्रबन्धक श्याम मल्लले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया