किनबेच स्थल, लेखनाथ महोत्सव

समाधान संवाददाता २०८० पुष १२ गते १२:१८

लेखनाथ ।
लेखनाथमा पुसको ५ देखि जारी १९ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्रबिन्दु बनेको छ । महोत्सवमा आएर रमाइलो हेर्ने र घर फर्कदा आवश्यक पर्ने सामान किन्नेहरु धेरै छन् ।


दर्शकको यस्तो व्यवहारले महोत्सवमा कारोबार बढेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुवबाबु भट्टराई बताउँछन् । महोत्सवका ३ सय ४७ स्टलमा पृथक पृथक खालका सामान, सेवाहरु उपलब्ध छन् । पुस १६ गतेसम्म चल्ने महोत्सव छैटौं दिनमा बुधबार मात्र करिब ४० लाखको कारोबार भएको छ । अहिलेसम्म ५ करोड १० लाखको कारोबार भएको महोत्सव प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए ।


दर्शकको सख्या २ लाख १५ हजार पुगेको संघका अध्यक्ष विनोद श्रेष्ठको भनाइ छ । फरक फरक दिन फरक शैलीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिइएको छ । महोत्सवमा बुधबार लोकदोहोरी कलाकारहरु विष्णु खत्री, वसन्त विक, तारापति सुवेदी, भूमिका गिरी, सुनिता नेपाली र कमला सुनारले मनोरञ्जन दिए । हाँस्यव्यग्यतर्फ पुरुषोत्तम भण्डारी पुर्खेबाको प्रस्तुति रह्यो भने बेलुका लाइभ कन्सर्टमा साहिमा श्रेष्ठ, रमेशराज भट्टराइ र जित पुन लगायतले नचाए ।

Advertisement


रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुति लगायतका कार्यक्रम पनि जारी छन् । महोत्सवका मुख्य आकर्षणमा महोत्सव स्थलमा थ्रिडी आर्टमार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, ई–सेवाबाट टिकट काट्न सकिने व्यवस्था छन् । बाल उद्यान, खाना महोत्सव, नवप्रतिभा खोजी लगायतका कार्यक्रम कार्यक्रमसमेत जारी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया