पाेखरा सडक महोत्सव

महोत्सव पृथक र यादगार हुन्छ

समाधान संवाददाता २०८० पुष १२ गते १६:४९

नरेश भट्टराई
अध्यक्ष, रेवान पोखरा
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराले २४ वर्षअघि सडक महोत्सव सुरु गरेको थियो । त्यति बेला पोखराको पर्यटक अफ सिजनमा सुनसान हुन्थ्यो । सञ्चालनमा रहेका होटेल एन्ड रेस्टुरेन्ट पनि बन्द गरेर बस्नुपथ्यो । यसरी पर्यटन क्षेत्रमा आबद्ध कर्मचारी पनि कटौती गर्नुपर्ने बाध्यता व्यवसायीसँग थियो ।


यस्तो अवस्थाको अन्त्य गर्न हामी पर्यटन व्यवसायी सल्लाह गरेर तत्कालीन समयमा यो अफ सिजनमा सडक महोत्सव सुरु गरेका थियौं । अहिले यो महोत्सव २५ वर्षमा लागेको छ । यसैको खुसीयालीमा रेवनले रजत जयन्ती मनाउन लागेको हो । यस बेला आएका र आउन चाहने पर्यटकको बसाइँ लम्बाउन प्रत्येक वर्ष महोत्सवलाई निरन्तरता दिइरहेका हौं । जुन नेपाल भरीको ठूलो भन्ने हाम्रो दाबी पनि छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो ।


सुरुवाती वर्षका २ वर्ष कोमागने पार्कमा महोत्सव गरियो । त्यसपछि ३ किलोमिटरमा बाहिर ल्याइयो । अहिले पनि तीन किलोमिटरभित्र महोत्सव हुन्छ । सडकमै विभिन्न प्रकारका फुड, कल्चर साथै संस्कृतिक कार्यक्रम हुन्छन् । यो वर्ष विगतभन्दा केही न केही त पक्कै फरक हुन्छ । लोप भएका संस्कृतिलाई सडक महोत्सवमा देखाउँछौँ, २५ थरीका खान पस्कन्छौं । साथै, सिन्धुलीबाट नौमती बाजा, रुकुमबाट मयूर डान्स महोत्सव आकर्षण हुन् ।

Advertisement


नेपाली मौलिक विवाहलाई पनि यो महोत्सवमा देखाउने छौं । ढिकी, जाँतो, हस्तकला, माटोका कला जस्ता हाम्रा मौलिक पेसालाई अन्तर्राष्ट्रिय जगतलाई देखाउन चाहन्छौं । महोत्सवमा राज्यको सुरक्षा त छँदै छ, प्राइभेट सेक्युरिटीको व्यवस्था पनि गरेका छौं । राति घर फर्कन चाहनेलाई रात्रिकालीन बस पनि व्यवस्था गरेका छौं । सडक महोत्सवलाई सभ्य, भव्य र यादगार बनाउन रेवानले यथाशक्य प्रयत्न गरेको छ । सरोकारवाला सबैको साथ, सहयोग र शुभेच्छाले हामी चाहन्छौं ।

Advertisement

तपाईको प्रतिक्रिया